अर्थमन्त्रीका ‘पिए’को पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि गालामा चड्कन

619
  •  
  •  
  •  

काठमाडौ, १७ जेठ (ओएनएस) : नेपाल ईन्भेष्टमेन्ट बैंकले उपलब्ध गराएको जस्ता पाता नेपाली कांग्रेस नुवाकोटका सचिव तथा अर्थमन्त्री डा. रामशरण महतका ‘पिए’ रमेश कुमार धमलाले काठमाडौ विक्री गर्न लागेको भन्ने समाचारको खण्डन गर्न आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्नेमाथि आक्रमण भएको छ ।

आईतवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा प्रश्न सोध्ने एमाओवादीका कविलासपुर गाविसका ईन्चार्ज कृष्ण बोहरा तथा कारोवार दैनिकका संबाददाता शिब बोहरामाथि भएको आक्रमण भएको हो ।

पत्रकार सम्मेलनमा सम्बन्धीत निकायको अनुमति नलिई आफू खुसी सो जस्ता पाता वितरण गरेको दाबी पत्रकार बोहराले गर्दा एमाओवादीका कविलासपुर गाविसका ईन्चार्ज कृष्ण बोहराले आफूसँग त्यसको प्रमाण भएको बताएपछि आयोजक महतका समर्थकहरुले पत्रकार बोहरा र कृष्ण बोहरालाई तिमिहरु माओवादी भन्दै आक्रमण गरेका थिए । पत्रकार सम्मेलनमा भएको आक्रमणप्रति क्लबका अध्यक्ष ऋषि धमलाले निन्दा गरेका छन ।

राजनीतिक प्रतिशोधको कारण जस्तापाता काण्ड मच्चाईएको महतको स्पष्टोक्ति

Mahat
नेपाल ईन्भेष्टमेन्ट बैंकले नुवाकोटको विभिन्न विद्यालयको लागि उपलब्ध गराएको जस्ता पाता विक्री गर्न लागेको भन्ने समाचार आफूलाई बदनाम गराउन आफ्नै पार्टी नेपाली कांग्रेस र अन्य राजनीतिक दलको राजनीतिक प्रतिशोधको उपज भएको दाबी नेपाली कांग्रेस नुवाकोटका सचिव एवम अर्थमन्त्रीका स्वकीय सचिव रमेशकुमार महतले गरेका छन ।

आईतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले दाता ईन्भेष्टमेन्ट बैंकको छाप लागेको जस्तापाता बजारमा विक्री गर्न सम्भव नहुने जानाजान आफ्नो र अर्थमन्त्री डा. रामशरण महत राजनीतिक छविमा आँच पुर्याउने गरी नियतबस गलत प्रचार गरेको दावी गर्दै भने, ‘काठमाडौबाट गाँउमा पुर्याईएको जस्ता फेरि काठमाडौ ल्याएर विक्री गर्न सम्भव छैन । बैंक र हामीले कुन कुन गाविसमा कुन कुन विद्यालयलाई दिने भनेर पहिला नै खवर गरिसकेको अवस्थामा वितरण नगरी बिक्री गर्न लग्यो भन्नु गलत नियत हो । यसको म खेद ब्यक्त गर्छु । ’

महतले बैंकबाट प्राप्त जस्ता प्रमुख जिल्ला अधिकार र सम्बन्धी गाउका गाविस सचिवलाई जानकारी गराएर दुई गाविसमा वितरण गरेर बाँकी चार गाविसको लागि लैजादै गर्दा बिचमै बिक्री गर्न लगेको भनि नियन्त्रणमा लिएको बताए ।

सरकारले मात्रै राहत पुर्याएको भए अहिलेसम्म नेपाली जनता राहत पाएको अवस्था हुन नसक्ने थियो भनि दावी गर्दै उनले भने, ‘विपत्तिको बेला स्वीकृत लिएर वितरण गर्ने काममात्रै हुँदैन । जनताले राहत पाउनु पर्छ । म नियम कानून जान्दिन । सकै कारवाही गरे हुन्छ ।’

उनले पठन पाठन सुचारु गर्न जस्ता वितरण गरेको विषयको विरोध गर्नुको औचित्यन भएको भन्दै सो घटनाको छानविन गरेर दोषी पत्ता लगाउन माग गरे ।

 यो पनि पढ्नुहोस् :- राहतको जस्ताको अबैध व्यापार, गाउँ पुगेको जस्ता काठमाडौं फर्काउँदै गर्दा नियन्त्रणमा


  •  
  •  
  •