नुवाकोट ‘जस्ता काण्ड’ को छानविन गर्न एमाओवादी प्रमुख सचेतकको माग

753
  •  
  •  
  •  

Giriraj Mani Pokharelकाठमाडौ, १७ जेठ (ओएनएस) : एमाओवादी प्रमुख सचेतक गिरिराजमणि पोखरेलले नुवाकोटमा नियन्त्रणमा लिइएको जस्तापाताको विषयमा छानविनको माग गरेका छन् ।

पोखरेलले अर्थमन्त्रीका वरिवरि भएका घटनाको विषयको सहयोग दिने देखी लिने सम्मका व्यक्ति र संघ संस्थाको समग्र कार्य प्रणालीवारे गम्भिर प्रश्न उठेको बताएका छन् ।

यसअघि गत शुक्रबार अर्थमन्त्री रामशरण महतका स्वकीय सचिव रमेश महतले राहतको जस्ता काठमाडौं फकाई दुरुपयोग भएको आरोप लागेको थियो ।

सम्बन्धित समाचारहरु : अर्थमन्त्रीका ‘पिए’को पत्रकार सम्मेलनमा प्रश्नकर्तामाथि गालामा चड्कन

राहतको जस्ताको अबैध व्यापार, गाउँ पुगेको जस्ता काठमाडौं फर्काउँदै गर्दा नियन्त्रणमा

पार्टीले संचालन गरिरहेको राष्ट्रिय श्रम तथा पुर्ननिमाण अभियानअन्तरगत नुवाकोट गएको उल्लेख गर्दै पोखरेलले भनेका छन्, ‘ २०७२ जेष्ठ १६ गते लिखु गा.वि.स.मा चलिरहेको अभियानमा सामेल हुन जाने क्रममा थानसिंह गा.वि.स. १ को छहरेमा स्थानिय जनताले वा ३ ख ३८४४ नम्वरको ट्रिपरमा अर्थमन्त्री सम्वद्ध सदस्यको घरवाट काठमाण्डौ लैजान भनि ल्याएको इन्भेस्मेस्ट बैंकको छाप लागेको दर्जनौ वण्डल जस्तापाता कव्जामा लिएका थिए ।’

त्यसपछि तत्काल जनता र विभिन्न पक्षसंग कुरा गरेपछि घटना स्थलवाटै पोखरेलले नुवाकोट प्र. जि. अ.लाई दोषिलाई कारवाहिको माग गरेका थिए ।

पोखरेलले संसदको राष्ट्रिय विपद्ध व्यवस्थापन अनुगमन तथा निर्देशन विषेश समिति अन्तरगतको उप समितिको वैठकमा यसको जानकारी गराएका छन् ।

राष्ट्रिय विपदको घडीमा एकद्धार प्रणालिअन्तर्गत उद्धार र राहतको समग्र कार्यक्रममा संचालन गर्नु पर्ने वेलामा अर्थमन्त्रीको वरिपरी यस्तो कार्य हुनु दुःखदायी भएको पोखरेलको भनाई छ ।


  •  
  •  
  •