दाहाललाई सयंन्त्रमार्फत सत्तामा भाग चाहिएको हो : शेखर कोइराला

264
  •  
  •  
  •  

काठमाडौं, १२ भदौ (ओएनएस) : एमाओवादीले बटम लाइन उच्चस्तरीय राजनीतिक संयन्त्र बताइरहेका बेला कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले भने कुनै पनि हालतमा यस्तो संयन्त्र बनाउन नहुने बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले उच्चस्तरीय राजनीतिक संयन्त्र केका लागि भन्दै प्रश्न गरे, ‘प्रचण्डजीलाई के लागि संयन्त्रको संयोजक दिने? लोकतन्त्र, संविधान निर्माण कि राज्य सत्तामा भाग खोज्न ?’ कोइरालाले विगतमा गठन गरिएको संयन्त्र नै लगत भएको तर्क गर्दै अब कुनै पनि हालतमा संयन्त्र गठन गर्न नहुने तर्क गरे ।

ओएनएससँगको कुराकानीमा कोइरालाले एमाओवादी अध्यक्ष दाहालले संविधान निर्माणमा सहजकर्ताको भूमिका निर्वाह गर्न खोजेको भए संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको संयोजक किन नबनेको भन्दै प्रश्न गरे ? ‘हामीले त पहिला नै प्रचण्डजीलाई संवाद समितिको संयोजक बन्न आग्रह गरेका थियौं । तर, त्यो अस्विकार गर्ने अनि अहिले उच्चस्तरीय राजनीतिक समितिको संयोजक चाहिने ?’ उनले दाहाल संयन्त्रको संयोजक बन्न खोज्नुको कारणबारे थप भने, ‘प्रचण्डजी संविधान निर्माणमा सहजकर्ताको भुमिका निर्वाह गर्न, लोकतन्त्र सुढृढ गर्न नभइ राज्यसक्तामा आफ्नो भाग खोज्न संयन्त्रको संयोजक बन्न खोज्नु भएको हो ।’

उच्चस्तरीय समिति बनाउन दलहरु इमान्दार हुनुपर्छ : मन्त्री निधी


  •  
  •  
  •